पुनर्बास नगरपालिका- ८ का सबै जनप्रतिनिधि नेपाल परिवार दलमा प्रवेश

पुनर्बास नगरपालिका- ८ का सबै जनप्रतिनिधि नेपाल परिवार दलमा प्रवेश

कन्चनपुर । कन्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ का सम्पूर्ण निर्बाचित जनप्रतिनिधिहरु नेपाल परिवार दलमा प्रवेश गरेका छन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले उनीहरुलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।

नेता ढकालले स्थानीय बिकासमा आफुले समेत पहल गर्ने बताउनु भयो। परिवार दलमा प्रवेश गर्नेमा वडा अध्यक्ष राना श्रवण र वडा सदस्यहरु दिपेश मल्ल दुलेराम राना, देवी कार्की , लक्ष्मी सुनार छन्। त्यसै गरि गत प्रतिनिधि सभामा कंचनपुर -३ वाट स्वतन्त्र उम्मेदवार रहेका पुराना कांग्रेश नेता मदन नेपाली लगाएत विभिन्न राजनैतिक दल परित्याग गरि २०० जना भन्दा बढीले नेपाल परिवार दलमा प्रवेश गरेका छन्। सबैलाइ अध्यक्ष ढकालले सदस्यता तथा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्। नब प्रवेशी हरुलाई नेता ढकालले परिवार दल उत्तेजना र आवेगको माध्यमवाट नभई संयमता र बिबेकको माध्यम वाट अघि बढ्ने राष्ट्रबादी तथा बिकास बादी पार्टी भएकोले उच्च अनुशाशनमा रही राजनैतिक तथा सामाजिक क्रियाकलाप गर्न निर्देशन दिनु भयो।

नेता ढकालले देशमा कुनै योगदान नभएकाहरु सस्तो र चर्को कुरा गर्दै हिडेर जनता भड्काउने काम गरेको प्रति खबरदारी गर्न पनि नागरिकलाई सचेत गराउनु भयो।

कार्यक्रमममा परिवार दल सुदुरपश्चिम प्रदेश संयोजक खडक सिंह नगरी, केन्द्रीय सदस्यहरु बिष्णु कुमारी बिक, धर्म बहादुर रोकाया, कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार, कैलाली अध्यक्ष बिशाल चौधरी , बैतडी अध्यक्ष सुदर्शन भट्ट , डोटी अध्यक्ष नरेश नागरि, महिला नेत्रीहरु सीता पाठक, इन्दिरा राना, माया चौधरी, प्रदेश नेता करण सिंह चयडा, पिस फोर्सका अजय जैरु लगायतको सहभागिता रहेको थियो।

पूर्व मन्त्री ढकालले सहिद गोबिन्द गौतमको शालिकमा पुगी माल्यापर्ण समेत गरेका छन्। साथै ढकाल परिवार दल कंचनपुरले आयोजना गरेको शान्ति तथा सदभाब रयालीमा समेत सहभागी भएका थिए ।

प्रकाशित मिति:     ९ मंसिर २०८०, शनिबार  |    Himali Khabar