पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन सांसद विकले गराइन सरकारको ध्यानाकर्षण

पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन सांसद विकले गराइन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्त्ति परियार विकले पत्रकारहरुको न्यूनतम पारिश्रमिक समयानुकुल वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उहाँले देशको चौथो अंग श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक समयनुकुल नभएको भन्दै वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

महंगी निकै बढेको भन्दै अहिलेका पारिश्रमिकले दैनिकी चलाउनै मूश्किल रहेकाले महंगी र आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै पारिश्रमिक बढाउनुपर्ने उहाँको भनाई छ ।

अहिले पत्रकारको न्युनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

उसो त पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिले गत जेठ पहिलो साता नै संचारमन्त्री रेशा शर्मालाई न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २४ रुपैयाँ पुर्याउन आग्रह गरेको थियो । तर सरकारले त्यसमा कुनै चासो देखाएको छैन् ।

प्रकाशित मिति:     १७ कार्तिक २०८०, शुक्रबार  |    Himali Khabar