शरणार्थी प्रकरणबारेको छानविनमा खुट्टा नकमाउन हाम्रो नेपाली पार्टीको ध्यानाकर्षण

शरणार्थी प्रकरणबारेको छानविनमा खुट्टा नकमाउन हाम्रो नेपाली पार्टीको ध्यानाकर्षण

काठमाडौं । हाम्रो नेपाली पार्टीले नेपालीलाई भुटानी शरणार्थी बनाई प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाई अमेरिका पठाउन अबौं भ्रष्टाचार गरेकोमा गम्भिर ध्यानकर्षण गराएको छ ।

पार्टीका प्रवक्ता डिल्लीश्वोर कार्की (रोहन) द्वारा जारी विज्ञप्तीमा भ्रष्टाचार तथा नेपालीलाई शरणार्थी बनाउने कार्यमा संलग्नहरुलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन् । छानविनको काम सुरु गरेकोमा सरोकारवाला सबैलाई धन्यवाद दिदै पार्टीले अनुसन्धानमा खुट्टा नकमाउन आग्रह गरेको छ ।

देशमा प्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारी एव्म उच्च राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्त हुँदा अहिले देशको यो अवस्था आएको हाम्रो नेपाली पार्टीको ठहर छ । यो घटनामा जोडिएका कसैलाई पनि उन्मुक्ति नदिन अनुसन्धानमा सहयोग गर्दै सबै पार्टीलाई सचेत गराएको छ ।

प्रकाशित मिति:     २५ बैशाख २०८०, सोमबार  |    Himali Khabar