पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

काठमाडौं, २३ चैत । नेकपा माओवादी केनद्र परित्याग गरी प्रदेश १ को सरकारको मन्त्री बनेका सांसद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो।

माओवादी केन्द्र त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो।

१ नं प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन ।

प्रकाशित मिति:     २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar