बुद्ध एयरले फेरि माउन्टेन फ्लाइट थाल्यो

बुद्ध एयरले फेरि माउन्टेन फ्लाइट थाल्यो

काठमाडौं। बुद्ध एयरले माउन्टेन फ्लाइट पुनः सुरु गरेको छ। यात्रुको माग बढेपछि पर्वतीय उडान सुरु गरेको कम्पनीले जनाएको छ।

हिमाल हेर्नका लागि गरिने यो उडानमा आन्तरिक र भारतीय पर्यटकको हकमा १० हजार रुपैयाँमा दुई जनाले उडान गर्न पाउने छन् भने अन्य मुलकबाट आउने पर्यटकका लागि भने उडानमा एक सय ९२ अमेरिकी डलर (साढे २२ हजार रुपैयाँ ) भाडा निर्धारण गरिएको छ।

प्रकाशित मिति:     ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar