काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी नेतृत्वका आकांक्षी फुर गेल्जे शेर्पा समूहले सामाजिक संजालमा गरिएको प्रचारप्रति आपत्ति जनाएको छ । मनगढन्ते कथा लेखेर व्यक्तिगत चरित्र हत्या गर्न खोजेको भन्दै अध्यक्षमा प्रत्यासी शेपौले विज्ञप्ती जारी गर्दै अर्को समूहले हतास मानसिकता देखाएको बताउनुभएको छ ।
शेर्पालाई हेली माफियाको आरोप लगाइएको छ । त्यसको प्रतिवाद गर्दै अध्यक्ष त्यसलाई आफ्नो कुकर्म लुकाउने असफल प्रयास भएको आरोप लगाउनु भएको छ । त्यतीमात्र होइन उहाँले सस्तोमा प्याकेज बेचेर हिमालमा लगेर अलपत्र पार्ने र विभिन्न वहानामा हेलिकोप्टर रेस्क्यु गरि दिन आग्रह गर्ने उनीहरु नै भएको र त्यसको प्रशस्त प्रमाण आफूसँग रहेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । आवश्यक परेको खण्ड सम्बन्धित निकायमा प्रमाण बुझाउने चेतावनी समेत दिनुभएको छ ।
भदौं ७ मा हुने निर्वाचनमा शेर्पा प्यानल सहित चुनावी मैदानमा छन् । उनको विपक्षमा कांग्रेस–एमाले गठबन्धन गरेर कुलबहादुर गुरुङ प्यानल बनाएर चुनावमा होमिएका छन् ।