विश्व शान्ति, प्रकृती र प्राणी जगतको भलोको कामना गर्दै लुम्बिनीमा मोन्लम पूजा सुरु

विश्व शान्ति, प्रकृती र प्राणी जगतको भलोको कामना गर्दै लुम्बिनीमा मोन्लम पूजा सुरु

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ । महायाना अन्तर्गत महागुरूको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा सुरु गरिएको हो ।

पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले शुभारम्भ गरे । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्यजस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै ५ वटा मोन्लम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई बृद्धि गर्ने बताए ।

लुम्बिनी पूण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको छ ।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामासहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् ।

यसका साथै रिपोछेहरुसहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

मोल्नम पूजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्लीसमेत सहभागी छन् ।

प्रकाशित मिति:     ११ माघ २०८०, बिहीबार  |    Himali Khabar