‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

काठमाडौं, २५ फागुन । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यसहित नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरेको छ । सोमवार उक्त अभियानको शुभारम्भ तथा लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताए ।

सरकारले शुरू गर्नुपर्ने अभियान निजीक्षेत्रबाट भएको र यसलाई सरकारले आफ्नै अभियानका रूपमा लिएको उनको भनाइ छ ।

परिसंघका अध्यक्ष सतीशकुमार मोरले यस अभियानले स्वदेशी उत्पादन वृद्धि, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन गर्ने र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्य राखेको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रपछि सेवाक्षेत्रको अंश बढी भए पनि सेवाक्षेत्रको योगदान दिगो नहुने भन्दै उनले औद्योगिकीकरण र व्यवसायीकरणमा उल्लेख्य ध्यान दिन आवश्यक भएको बताए ।

प्रकाशित मिति:     २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar