पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति

पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति:     १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar