अवैध क्यासिनो खेल्ने र खेलाउने १० जना प्रहरी नियन्त्रणमा

अवैध क्यासिनो खेल्ने र खेलाउने १० जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २१ फागुन । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट महानगरीय प्रहरी परिसर काठमाडौंले २२ लाख ९६ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् ।

यस्तै जुवा खेलाउने काठमाडौं महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले नौ लाखको चेक, आठ लाख नगद र ३ सय ९० वटा क्यासिनो क्वाइन बरामद गरेको प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति:     २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar