मंसिरदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै

मंसिरदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै

काठमाडौं । कोरियाले २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ ।

पछिल्लो समय कोभिडको महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो । कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका हुन् ।

प्रकाशित मिति:     २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar