वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ।

सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ।

डब्लुएचओका अधिकारीहरूले भनेका छन्, ‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ। वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ।’

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar