भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

काठमाडौं । भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन्।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ। कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अरू देशलाई पनि दिएको थियो। नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो।

प्रकाशित मिति:     ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar