महिला हस्तकला मेला फागुन २२ देखि ललितपुरमा

महिला हस्तकला मेला फागुन २२ देखि ललितपुरमा

काठमाडौं, १७ फागुन । नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचार–प्रसार गर्नका लागि यही फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना गर्न लागिएको हो ।

ललितपुरमा हुने उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले जानकारी दिइन । मेलामा काठमाडौँ उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका ५० भन्दा बढी स्टल रहने छ ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar