उपत्यकामा रात्रीकालीन व्यवसाय खोल्न पाइने

उपत्यकामा रात्रीकालीन व्यवसाय खोल्न पाइने

काठमाडौं । कोभिड संक्रमणको जोखिम बढेको भन्दै बन्द रहेका काठमाडौं उपत्यकाका रात्रीकालीन व्यवसाय अब पुनः खुल्ने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्लाहरूको संयुक्त बैठकले निषेधाज्ञा थप गर्दै रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अहिले जारी निषेधाज्ञा केही खुकुलो गर्दै भदौ ३१ गतेसम्म लम्ब्याइएको छ ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar