कमेडियन खबपु दुर्घटनामा घाइते

कमेडियन खबपु दुर्घटनामा घाइते

काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् ।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको छ ।

अहिले उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar