चार महिनामा प्रहरीद्वारा ९ लाख बढी निःशुल्क मास्क वितरण

चार महिनामा प्रहरीद्वारा ९ लाख बढी निःशुल्क मास्क वितरण

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले अहिले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गरिरहेको छ ।

प्रहरीले यो अभियान गत वैशाखदेखि सुरु गरेको थियो । यस अभियानमा हालसम्म ९ लाख ३० हजार ४९ जनालाई निःशुल्क रुपमा मास्क वितरण गरेको छ ।

प्रहरीले शनिबार मात्रै १८ हजार २ सय ६३ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको । बाटोमा बिना मास्क हिँड्नेलाई कोरोना जोखिमबारे सम्झाई बुझाई गर्ने र मास्क वितरण गर्ने गरिएको छ । यस्तै अटेरी गर्नेलाई भने जरीवानासमेत गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

यस्तै, प्रशासनले कोरोना नियन्त्रणका लागि जारी राखेकाे निषेधाज्ञा उल्लंघन गर्ने ७१ जनामाथि कारबाही गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने ७१ जनालाई ७ हजार १ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar