वल्र्डलिंकको सद्भावनादूतमा पूर्व मिस नेपाल खतिवडा

वल्र्डलिंकको सद्भावनादूतमा पूर्व मिस नेपाल खतिवडा

काठमाडौं, १६ फागुन । वल्र्डलिंक कम्युनिकेशन्सले पूर्व मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूतमा नियुक्त गरेको छ ।

वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाले कम्पनीको प्रतिनिधित्व गर्दा हामी निकै खुसी भएको बताए ।

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वल्र्डलिंकले गरेको मेहनतको सराहना गर्दै यस कम्पनीको सद्भावनादूत हुन पाएकामा खुशी व्यक्त गरिन ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar