नेपाल बैंकले गत वर्ष ३१ प्रतिशतले नाफा बढायो

नेपाल बैंकले गत वर्ष ३१ प्रतिशतले नाफा बढायो

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले गत आर्थिक वर्षमा खुद नाफा ३ अर्ब रुपैयाँ भन्दा बढी आर्जन गरेको छ । बैंकले ३ अर्ब ६ करोड ४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थि वर्ष यो बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँमात्रै खुद मूनाफा आर्ज गरेको थियो ।

बैंकको सेयर पुँजी १२ प्रतिशतले वृद्धि भएको छ भने रिजर्भ एण्ड सरप्लस ९.९९ प्रतिशतले वृद्धि भएको छ । बैंकको कर्जा ३०.२३ प्रतिशतले वृद्धि भएको भने सर्वसाधारणबाट संकलन हुने निक्षेप १४ दशमलव ९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar