राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । केन्द्रीय बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान सञ्चालक समितिको बैठक बस्दैछ ।

बैठकले मौद्रिक नीति अनुमोदन गरेमा सम्भवतः आजै दिउँसो सार्वजनिक गरिने तयारी केन्द्रीय बैंकले गरेको छ । सरकार परिवर्तनसँगै मौद्रिक नीति ल्याउन ढिलाई भएको हो ।

प्रतिस्थापन विधेयकमात्र सरकारले बजेट संशोधन गर्दैछ । तर केन्द्रीय बैंकले यसलाई नकुर्ने भएको छ । सरकारमा सहभागी दलहरुको साझा न्यूनतम कार्यक्रम आएको छ । त्यसैलाई आधार बनाएर केन्द्रीय बैंंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar