बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप उठाउन लागेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । यसको लागि आज साउन २१ गते अपरान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने जनाएको छ ।

उक्त निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ । केन्द्रीय बैंकले साउन २८ गते साँवा फिर्ता दिने गरी निक्षेप संकलन गर्न लागेको हो ।

यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ पर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति:     २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar