मिटर ब्याजमा लगाउन ठिक्क पारेको करिब साढे १९ करोड रुपैयाँको चेकसहित एक पक्राउ

मिटर ब्याजमा लगाउन ठिक्क पारेको करिब साढे १९ करोड रुपैयाँको चेकसहित एक पक्राउ

काठमाडौं। मिटर व्याजमा लगाउन विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुर भैसेपाटी बस्ने गणेश उप्रेती छन्।उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटो मोबाईल्स प्रालिबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar