पाँच जना एआइजीको जिम्मेवारी फेरियो, कसलाई कहाँ ?

पाँच जना एआइजीको जिम्मेवारी फेरियो, कसलाई कहाँ ?

काठमाडौं । सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ। प्रहरी स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा भएको छ।

यस्तै मेट्रोका एआइजी हरिबहादुर पालको कार्य विभागमा सरूवा गरिएको छ। प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ।

अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेललाई एकेडेमी सरूवा गरिएको छ। हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar