बीमा पोलिसी धितो राखेर ऋण लगानीमा रोक लगाउने तयारी

बीमा पोलिसी धितो राखेर ऋण लगानीमा रोक लगाउने तयारी

काठमाडौं, ७ फागुन । बीमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लो समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो ।

बिमा समितिले बिमा पोलिसी धितो राखेर ऋण लगानी नगर्नका लागि आवश्यक सहजीकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । ऋणका नाममा वेथिति बढेको भन्दै समितिले यस्तो आग्रह गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar