जीवन बीमा कम्पनीहरुले १ अर्ब ३९ करोड दाबी भुक्तानी गरे

जीवन बीमा कम्पनीहरुले १ अर्ब ३९ करोड दाबी भुक्तानी गरे

काठमाडौं, ६ फागुन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ३९ रुपैयाँ करोड बढी दाबी भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक नगरेका कारण यसमा राष्ट्रिय बीमा संस्थानको दाबी भुक्तानी समावेश गरिएको छैन।

१८ वटा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै दाबी भुक्तानी नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ। कम्पनीले चालु वर्षको दोस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड ५४ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। एलआईसी नेपालले ४ अर्ब ५३ करोड ७० लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। यस्तै एशियन लाइफले २ अर्ब ८ करोड ५९ लाख ९९ हजार, युनियन लाइफ १ अर्ब ९६ करोड ७८ लाख ६४ हजार रुपैयाँ, मेट लाइफ १ अर्ब ८३ करोड १४ लाख ६१ हजार रुपैयाँ, गुराँस लाइफ १ अर्ब ७९ करोड ६९ लाख ८७ हजार रुपैयाँ, नेशनल लाइफ १ अर्ब ७१ करोड ७३ लाख ११ हजार रुपैयाँ, प्राइम लाइफ ५४ करोड २२ लाख ५ हजार रुपैयाँ, सूर्या लाइफ ३९ करोड २६ लाख ४ हजार रुपैयाँ, आइएमई लाइफ ३८ करोड ८३ लाख ४८ हजार रुपैयाँ, रिलायबल लाइफ ३१ करोड ४५ लाख ४१ हजार र सिटिजन लाइफले २६ करोड ७१ लाख ९९ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

यस्तै रिलायन्स लाइफले १४ करोड ५३ लाख ४८ हजार रुपैयाँ, सन नेपाल लाइफले ७ करोड ७५ लाख ५५ हजार रुपैयाँ, ज्योति लाइफ ३ करोड १ लाख ४७ हजार रुपैयाँ, प्रभु लाइफ २ करोड ६८ लाख २२ हजार रुपैयाँ, सानिमा लाइफ १ करोड ९३ लाख ५८ हजार र महालक्ष्मी लाइफले १ करोड २९ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar