काठमाडौं । यही असार १७ बाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जनाएका छन् ।
सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ । कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीको सहयात लिनसक्ने छन् ।
स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने जनाएका छन् ।