कच्चा तेलको भाउ घटाउन भारतको आग्रह

कच्चा तेलको भाउ घटाउन भारतको आग्रह

काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन ९आपेक०लाई तेलको भाउ घटाउँदै उत्पादन बढाउन आग्रह गरेको छ । मुलुकमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा भारतले ओपेकसँग यस्तो आग्रह गरेको हो ।

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकले पेट्रोलियम पदार्थको भाउ बढाउन भन्दै उत्पादनमा कटौती गरिरहेका छन् । यस किसिमको कटौती चरणबद्धरुपमा हटाइनुपर्ने भारतको माग छ । भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले एक भर्चुअल बैठकमा ओपेकका महासचिव मोहम्मद सानुसी बारकिन्डोसँगको कुराकानीमा तेलको मूल्यको विषयमा चिन्ता व्यक्त गरेका हुन् ।

भारतको पेट्रोलियम मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीले स्मार्ट अर्थतन्त्रमा सुधारको क्रममा कच्चा तेलको मूल्यको असरको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो र कच्चा तेलको भाउ उच्च हुँदा त्यसको असरको महँगीमा पर्ने बताउनुभएको थियो ।’ अहिले अन्तर्राष्ट्रिय बजारमा नै तेलको भाउमा उल्लेख्य वृद्धि भएको छ । सन् २०१९ को अप्रिलपछि पहिलोपटक विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल ७५ डलर पुगेको छ । त्यसैले भारतमा पनि पेट्रोल तथा डिजेलको भाउमा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति:     ११ असार २०७८, शुक्रबार  |    Himali Khabar