चार्टर्ड उडानमा बढी भाडा तिरेको प्रमाण सरकारलाई पठाए ट्राभल एजेन्सीलाई कारबाही गर्ने

चार्टर्ड उडानमा बढी भाडा तिरेको प्रमाण सरकारलाई पठाए ट्राभल एजेन्सीलाई कारबाही गर्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सर्वसाधारणले २४ वैशाख २०७८ देखि अहिलेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महंगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो । यात्रुले आफुसँग भएको टिकट complainflightfare@caannepal.gov.np मा इमेल गर्न सकिने भएको छ ।

यस्तै समितिको फोन नम्बर ०१–४२६२३२६–४२६२४१६ मा फोन गरेर पनि आफ्नो प्रमाण प्रस्तुत गर्न सकिने भएको छ ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar