जब हात्ती खाना खोज्दै भान्छामा छिर्‍यो !

जब हात्ती खाना खोज्दै भान्छामा छिर्‍यो !

काठमाडौं । गत आइतबार बिहान पश्चिमी थ्याइल्यान्डको कैंग क्राचन राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा घर भएका कित्तिचाइ बुडचन ठूल्ठूलो आवाजले ब्युँझिए। के भएको रहेछ भनेर खोज्दै जाँदा उनले एउटा हात्तीले आफ्नो घरको भान्छामा सुँड घुसाएको देखे।

बोन्चुय नामको भाले हात्ती उनको भान्छामा खानेकुरा खोजिरहेको थियो। भान्छामा सुँड घुसाएको हात्तीले भान्छामा भएका सामानहरू भुइँमा खसालिदिएको थियो। हात्तीको चर्तिकला देखेर उनी हैरान भए तर हात्तीलाई अवरोध गरेनन् बरू मोबाइलमा भिडियो खिचे। उनले उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

भिडियोमा हात्तीले किचनको र्‍याकमा भएका सामान खोजिरहेको छ। त्यहीबीचमा प्लास्टिकमा बेरेको सामान उसले खान्छ। हात्ती भान्छामा छिरेको घटना अहिले संसारभरिका सञ्चारमाध्यममा समाचार बनेको छ। अधिकारीहरूका अनुसार बोन्चुय नामको भाले हात्ती गाउँ पसेको यो पहिलो पटक भने होइन।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar