एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा

एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा

एजेन्सी।एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा पहिलो र दोस्रो स्थान ओगटेका छन्।२१ औं काउन्टरपोइन्ट रिसर्चले ट्याब्लेट मार्केटबारे प्रकाशन गरेको बजार अनुगमन विवरणअनुसार गत वर्ष १९ प्रतिशत रहेको विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार यसवर्ष ५३ प्रतिशतले बढेको छ।

एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले २० प्रतिशत बजार पाएको छ। तेस्रो नम्बरमा चिनियाँ टेलिकम कम्पनी हुवावेको ट्याब्लेट छ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar