काठमाडौंका ९ वृत्तका प्रहरी प्रमुख फेरिए

काठमाडौंका ९ वृत्तका प्रहरी प्रमुख फेरिए

काठमाडौं । काठमाडौं उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरिएका छन् । एकवर्ष अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो ।

मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले पाएका छन् । कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल पठाइएका छन् यस्तै ढुण्डिराज न्यौपाने, बौद्ध, दुर्गाप्रसाद दाहाल, लैनचौर, प्रमिश विष्ट, महाराजगञ्ज, भरत श्रेष्ठ, सिंहदरबार, मिनबहादुर कुँवर, मालिगाउँ, भिमबहादुर लामा, बानेश्वर र मिलन केसीलाई स्वयम्भु वृत्त पठाइएको छ ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar