नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेस हुने

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेस हुने

काठमाडौं। नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ। यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित गर्ने तयारी छ।

उक्त प्रस्ताव अनुमोदन गर्न राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेस गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ। राष्ट्रसंघको महासभा सेप्टेम्बर महिनामा बस्दैछ।

राष्ट्रसंघले तोकेका तीन मापदण्ड– कुल राष्ट्रिय आयमा प्रतिव्यक्ति आम्दानी, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमध्ये दुई मापदण्ड पूरा गरेकाले नेपाल योग्य देशको सूचीमा रहेको छ ।

नेपाललाई स्तरोन्नति दिने निर्णय अनुमोदन गरेपछि संक्रमणकालीन व्यवस्थापनका लागि थप कार्ययोजना बनाउन तीन वर्षको समय चाहिनेमा कोरोना भाइरसका कारणले उत्पन्न जटिल परिस्थितिमा नेपाल सरकारको अनुरोधमा थप दुई वर्ष गरी आगामी सन् २०२६ सम्मलाई तोकिएको छ ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar