चीनले तीन सन्तान जन्माउन पाउने नीति ल्यायो

चीनले तीन सन्तान जन्माउन पाउने नीति ल्यायो

काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार माध्यमहरुका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् । चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको हो । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar