हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चाहियो

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चाहियो

काठमाडौं, ६ फागसन । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै योग्यता पुगेका उम्मेदवारहरुबाट प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो ।

उक्त प्रमुख कार्यकारी अधिकृतका लागि ३५ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यता प्राप्त विश्वविद्यालयबाट जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इञ्जिनियरिङ्ग, कानूनमा वाणिज्य वा कम्पनी कानून विषयमध्ये कुनै एकमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेको हुनुपर्ने छ ।

बैंकिङ्ग, वित्तीय, कोष व्यवस्थान वा ईञ्जिनियरिङ्गका क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय, वरिष्ठ प्रवन्धक, नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ । दरखास्त दस्तुर २ हजार ५०० रुपैयाँ लाग्नेछ । आवेदन फारम फागुन १९ गतेभित्र बुझाइ सक्नु पर्नेछ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar