रअ प्रमुख सामन्तकुमार गोयलको कार्यकाल एक वर्ष थपियो

रअ प्रमुख सामन्तकुमार गोयलको कार्यकाल एक वर्ष थपियो

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको पदावधि एक वर्ष थपिएको छ।

समाचार पत्र द हिन्दुका अनुसार आगामी जुनमा सकिन लागेको उनको कार्यकाल एक वर्षका लागि थपिएको हो। गोयल सन् २०१९ मा रअ प्रमुख नियुक्त भएका थिए। उनको कार्यकाल अर्को महिनाको ३० तारिखमा सकिँदै थियो।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar