सन् २०२५ भित्र हवाई ट्याक्सी सञ्चालनमा आउँने

सन् २०२५ भित्र हवाई ट्याक्सी सञ्चालनमा आउँने

काठमाडौं । यूरोपमा पहिलो पटक विद्युतीय हवाई ट्याक्सी निर्माण हुँदैछ। क्षेत्रको शीर्ष वायु सुरक्षा नियामकका अनुसार यो हवाई ट्याक्सीले सन् २०२४ अथवा सन् २०२५ सालसम्ममा उडान भर्नेछ।

युरोपको आधा दर्जनभन्दा बढी कम्पनीहरूले विद्युतीय हवाई ट्याक्सीको निर्माण घोषणा गरेको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ। रिपोर्ट अनुसार यी हवाई ट्याक्सीहरू यात्रुको प्रयोजन, औषधी र अन्य सामग्री आपूर्तिका लागि प्रयोग हुनेछ। ‍ युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (इएएसए) का कार्यकारी निर्देशक प्याट्रिक किले सुरूमा सामग्री ओसारपसारसँगै हवाई ट्याक्सीको प्रयोग र परिक्षण गरिने जानकारी दिए ।

इएएसएले मानव रहित उडान विकासको लागि विभिन्न कम्पनीहरूसँग काम थालेको छ। एजेन्सीले अमेरिकी संघीय उड्डयन प्रशासन र अन्य अन्तर्राष्ट्रिय नियामकहरू समन्वयमा काम गरिरहेको रिपोर्ट गरिएको छ। एजेन्सीका कार्यकारी निर्देशक प्याट्रिकका अनुसार यात्रु नराखी उडान सुरू गर्न सहज पनि छ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar