एनएमएका नयाँ कार्यसमितिलाई देउवा र प्रचण्डले दिए बधाई

एनएमएका नयाँ कार्यसमितिलाई देउवा र प्रचण्डले दिए बधाई

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचित टिमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

कांग्रेस, नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध व्यवसायीको साझा उम्मेद्धवारको रुपमा अगाडी बढेका फुर गेल्जे शेर्पासहितको टिम आइतबार निर्वाचित भएका थिए। उक्त टिमले आज बिहान प्रचण्ड निवास खुमलटार र देउवा निवास बुढानिलकण्ठमा पुगेर बधाई ग्रहण गरेका हुन ।

नवनिर्वाचित टिमलाई बधाई दिँदै सभापति देउवाले हिमाल संरक्षण र हिमालसँग जोडिएर काम गर्नेहरुको हकहितमा काम गर्न सुझाव समेत दिनुभयो । यस्तै अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति:     ९ भाद्र २०८२, सोमबार  |    Himali Khabar