पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट थापाले दिए राजीनामा

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट थापाले दिए राजीनामा

काठमाडौं । एकीकृत समाजवादी निकट पर्यटन व्यवसायीहरुको संगठन पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट अन्जनकुमार थापाले राजीनामा दिएका छन् । पार्टी स्थापनादेखि नै संगठन खडा गरेर काम गर्दै आउनु भएका थापाले नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा सम्मिलित साथीहरुलाई विजयी गराउन नसकेको भन्दै नैतिक जिम्मेवारी लिदै राजीनामा दिनुभएको हो ।

एनएनएम निर्वाचनमा कांग्रेस, एमाले र एकीकृत समाजवादी लगायतका दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । कुलबहादुर गुरुङ नेतृत्वको उक्त समूहबाट ३ जना मात्रै निर्वाचित भएका छन् । उहाँले गत टानको निर्वाचनमा भने सफलता हात पारेको जनाउनु भएको छ । टान निर्वाचनमा एकीकृत समाजवादीले माओवादी र कांग्रेसका असन्तुष्ट समूह मिलेर बनेको सागर पाण्डे प्यानललाई समर्थन गरेको थियो ।

प्रकाशित मिति:     ९ भाद्र २०८२, सोमबार  |    Himali Khabar