हेलिकोप्टर उडानमा टाइम कार्डः चार उडानपछि ३० मिनेट इन्जिन सटडाउन

हेलिकोप्टर उडानमा टाइम कार्डः चार उडानपछि ३० मिनेट इन्जिन सटडाउन

काठमाडौं।  नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खाको समयमा हुने हेलिकोप्टर दुर्घटनालाई रोक्न चार उडानपछि अनिवार्य ३० मिनेट इन्जिन सटडाउन र पाइलटलाई आरामको व्यवस्था लागू गरिएको हो।

यस्तै, प्राधिकरणले सिमिकोट हिल्सा नियमित उडान गरेको १५ दिनपछि पाइलट नै परिवर्तन गरी आराम गर्न दिनुपर्ने नीति समेत ल्याएको छ। वर्षायाम सुरुभएसँगै हुम्लाको सिमिकोटबाट हिल्सा उडानमा हेलिकोप्टरहरु लागिरहेको छ। भारतीय पर्यटकहरुलाई कैलाश मानसरोबर दर्शनका लागि लैजान भन्दै अहिले धेरै हेलिकोप्टरहरु हुम्लाको सिमिकोटमा रहेका छन्।

भारतीय र नेपालीहरु अहिले मानसरोबर दर्शनका लागि गइरहेको बेला प्राधिकरणले कुनै अप्रिय दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ हेलिकोप्टर चालकलाई टाइम कार्ड लागू गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:     ६ भाद्र २०८२, शुक्रबार  |    Himali Khabar