पर्यटन बोर्डको सदस्यमा थपलिया र भट्ट नियुक्त

पर्यटन बोर्डको सदस्यमा थपलिया र भट्ट नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा पर्यटन व्यवसायी कुमरमणि थपलिया र नरेन्द्रदेव भट्ट नियुक्त भएका छन् ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले मन्त्रिस्तरीय निर्णयबाट थपलिया र भट्टलाई पर्यटन बोर्ड सञ्चालक समितिमा नियुक्त गरेका हुन् । पाण्डेले थपपिया र भट्टलाई आगामी ३ वर्षको लागि बोर्ड सदस्य नियुक्त गरेर शुक्रबार नियुक्तिपत्र दिएका छन् ।

बोर्डका यस अघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि सकिएर रिक्त भएको पदमा थपलिया र भट्ट नियुक्त भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

बोर्ड सदस्यमा नियुक्त थपलिया नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्टस (नाट्टा)का अध्यक्ष हुन भने भट्ट हेरिजेट टुर्स एण्ड ट्राभलका प्रवन्ध निर्देशक हुन् ।

प्रकाशित मिति:     ३ जेष्ठ २०८२, शुक्रबार  |    Himali Khabar