काठमाडौं । एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) को नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न साधारणसभाबाट विमल नहर्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल, द्वितीयउपाध्यक्षमा रमेश प्रसाद ओझा , महासचिवमा प्रदिप पण्डित,सचिवमा गोपाल थापा र कोषाध्यक्षमा भुवन बहादुर खड्का चयन भएका छन ।
यस्तै कार्यसमिति सदस्यहरुमा बसन्त बराल, गौतम बज्राचार्य र थुपदेन शेर्पा छन।