घरजग्गा व्यवसायीले अब लगानीका लागि छुटै कम्पनी खोल्ने, बैंकबाट ऋण लिन सकेसम्म नजाने

घरजग्गा व्यवसायीले अब लगानीका लागि छुटै कम्पनी खोल्ने, बैंकबाट ऋण लिन सकेसम्म नजाने

काठमाडौं । घरजग्गा व्यवसायीहरुले संयुक्त लगानीका लागि अर्बन डेभलपमेन्ट कम्पनीमार्फत व्यवसायीकरुपमा लगानी गर्ने निर्णय गरेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार बुटवलमा भएको वैठकले संयुक्त लगानीबाट गर्ने र त्यसले हाउजिङ क्षेत्र चलायमान गराउन सक्ने भन्दै संयुक्त लगानी गर्ने निर्णय गरेको महासंघका अध्यक्ष विष्णु घिमिरेले जानकारी दिनुभयो ।

घरजग्गा व्यवसायलाई चलायमान नभएको, बैंक तथा वित्तीय क्षेत्रले लोन टु रेसियो बढाएर लगानीको वातावरण विगारेको र सरकारी नीति नियमले शिथिल पारेको यो क्षेत्रलाई सुधार्न पनि व्यवसायीले आफैं लगानी गर्ने निर्णय गरेको अध्यक्ष घिमिरेको भनाइ छ । विगत ४–५ वर्षदेखि बैंक तथा वित्त र नियामक निकाय राष्ट्र बैंकले पनि चासो नदेखाएको उनको गुनासो छ । घरजग्गा चलायमान नहुँदा सबै आर्थिक गतिबिधि ठप्प भएको निश्कर्षमा सरकार र राष्ट्र बैंक हुँदा पनि सुधारका लागि कुनै प्रयास नगरेको निश्कर्ष छ ।

‘देशभर करिब १८ हजार दर्ता भएका घरजग्गा व्यवसायी छन् । उनीहरुबाट सानोसानो पूँजी संकलन गरेपनि ठुलो रकम जोहो हुने व्यवसायीको अनुमान छ । भैरहवाबाट रकम संकलनको कार्यपनि सुरु भएको छ । अब सकेसम्म बैंक तथा वित्तीय संस्थामा जादैनौ, किन की हामीलाई बेवास्ता गर्नुभयो’ –अध्यक्ष घिमिरेले भन्नुभयो ।

अध्यक्ष घिमिरेका अनुसार व्यवसायी आफैंले एकएक लाख रुपैयाँ लगानी गरेर बृहत् हाउजिङ कम्पनीको सुरुवात गर्न लागिएको र उक्त कम्पनीमार्फत् १ करोड रुपैयाँ संकलन भइरहेको छ । देशभर घरजग्गा व्यवसायीमार्फत संकलन हुने यस्तो रकमसँगै उक्त कम्पनीमा स्वदेशी तथा विदेशी कम्पनीबाट पनि लगानी जुटाइने छ । विदेशी लगानीका लागि कोरियाको एक कम्पनीसँग सम्झौतासमेत भइसकेको छ भने दुवइको कम्पनीसँग सम्झौताको तयारी भएको छ ।

व्यवासायीले आफ्नो इच्छा अनुसार एउटैले एक लाख रुपैयाँभन्दा बढी लगानी गरेर बढी हिस्सा पनि लिन सक्ने व्यवस्था भएको छ।

प्रकाशित मिति:     १० चैत्र २०८१, सोमबार  |    Himali Khabar