अजोड इन्स्योरेन्सले यसपटक लाभांश वितरण नगर्ने

अजोड इन्स्योरेन्सले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौं, ६ फागुन । अजोड इन्स्योरेन्सका लगानीकर्ताले यसपटक कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यता, कम्पनीले आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीका लागि बिमा समितिमा पेश गरेको जनाएको छ ।

हाल अजोडको चुक्ता पुँजी १ अर्ब रहेको छ भने यसको रिजर्भ कोषमा भने ६ करोड ६३ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अजोडले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ६४ पैसा छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar