काठमाडौं । मिस्टर टुरिज्म नेपाल २०२४ का विजेता मिलन भट्टराई फेब्रुअरी १२, २०२५ मा भियतनाममा आयोजना हुने ८औं मिस्टर टुरिज्म वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै छन । गोरखाको भिमसेन थापा गाउँपालिका २ का मिलनले फिटनेस र मोडलिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय पहिचान बनाउन सफल भएका छन्।
यो प्रतियोगिताले विश्वभरका पर्यटन प्रवर्द्धकहरूलाई एकसाथ ल्याउनेछ । जहाँ मिलनको सहभागिताले नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ। प्रतिष्ठित प्रतियोगिताको तयारी गर्दै गर्दा, नेपालीहरू उनको समर्थनमा उभिएका छन् र ऐतिहासिक जितको आशा राख्दैछन्।
उनको यो सहभागिताले नेपाललाई गौरवान्वित बनाउने छ ।