 
						                        
काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघको आयोजनामा एक दिने गुणस्तरीय ल्याब परिक्षण तथा चिकित्साजन्य/ संक्रमणजन्य फोहोर व्यवस्थापनबारे अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ। संघले पहिलो पटक सामाखुशी, गङगबु, चक्रपथ एरियाबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सस्थाहरुमा कार्यरत ल्याबका कर्मचारी र सस्थाका सञ्चालक १/१ जनालाई तालिम दिएकाे हो ।
५७ जना स्वास्थ्य व्यवसायिहरुलाई गुणस्तरीय ल्याब परिक्षण तथा चिकित्साजन्य/ संक्रमणजन्य फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण तालिम दिएकाे संघका महासचिव कृष्णा बजगाईले जानकारी दिए ।

प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुशील पन्डित सरले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोल कसरी गर्ने , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट शंकर शाही सरले रि-एजेन्ट/ किट्स्को प्रयोग तथा फाईदा, फोहोर ब्यवस्थापन सम्बन्धी एन एण्ड एन कम्पनिका प्रशिक्षक न्युटन झा/ चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल ई. पन्कज कुमार झाले तालिम सञ्चालन गरेका थिए ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रावाहको सुनिश्चितताको लागि संघ सदैब लागि रहने तथा यस क्षेत्रमा भएका ब्यतिथिको अन्त्यकाे पहल गर्ने महासचिव बाजगाईले जानकारी दिए । आगामी दिन यस्तो तालिम उपत्यकासहित सबै प्रदेश सञ्चालन हुने उनकाे भनाइ छ।