इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज इप्पानको कार्यालय कमलादीस्थित हेरिटेज प्लाजामा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रगत संकलन कार्यक्रममा सय जना भन्दा बढीले रक्तदान गर्नुभएको हो । माघ ४ गतेलाई इप्पानले आफ्नो वार्षिकोत्सवको रुपमा मनाउदैछ ।

यो वर्ष पनि विविध कार्यक्रम गरी इप्पान डे (रजत जयन्ती) मनाउन लागिएको र सोही कार्यक्रमअन्तर्गत आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपालको उज्यालो उर्जाबाटै सम्भव रहेकाले विशेष रुपमा इप्पान डे मनाउन लागिएको हो ।

इप्पान दिवसअन्तर्गत नै फुटसल, ब्याडमिन्टन, निवन्ध प्रतियोगिता, वृत्त चित्र लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ। उहाँले हरेक वर्ष रगत संकलनको काम गरिरहेका र यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको हो ।

बिहीवार बिहान इभी ¥यालीको आयोजना गरिएको छ ।

प्रकाशित मिति:     २ माघ २०८१, बुधबार  |    Himali Khabar