काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा राजेन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न चौथो महाधिवेशनले सर्वसम्मत ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा याम बहादुर खड्का चयन भएका छन । यस्तै उपाध्यक्षहरुमा लिला बहादुर लामा, गोपाल बहादुर बम, चिरन्जिबि पोखरेल, ङावाङिवा सेर्पा, महेश भट्टराई छन् ।
महासचिबमा राम बहादुर खड्का, उप-महासचिबहरुमा प्रदिप आचार्य र दिपक दाहाल, सचिबहरुमा राम वलि दास, कुल चन्द्र पाण्डे, एलिना मगर, डिल्लिराम शर्मा अधिकारि , भुनव बहादुर पाण्डे अ बलराम सुवेदि चयन भएका छन । यस्तै कोषाध्यक्षमा बिक्रम बाडे चयन भएका छन् ।