उद्योगको लाइन नकाट्न प्राधिकरणलाई आयोगको पत्र

उद्योगको लाइन नकाट्न प्राधिकरणलाई आयोगको पत्र

काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ ।

मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगका अध्यक्ष डा राम प्रसाद धितालले नियमन आयोगले तीनवटा निर्णय गरेर प्राधिकरणलाई पत्राचार गरेको बताए । ‘हामीले तीन वटा निर्णय गरेका छौं । जसमा उद्योगीलाई पैसा बुझाउ भनेका छौं । मन्त्रिपरिषद्को निर्णय अनुसार पैसा बुझाउन भनेका हौं । मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले प्राविधिक समिति बनाएको हुनाले तथ्य स्थापित नगरेसम्म काम कारबाही यथास्थितिमा राख्ने भनेर विद्युत प्राधिकरणलाई पत्राचार गरेका छौं,’ धितालले बताए ।

प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयलाई देखाएर १५ दिनको समय दिएर उद्योगमा लाइन जोडेको थियो । उक्त समयावधि बुधबार सकिदैछ । बुधबार बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । नियमन आयोगको निर्देशनपछि प्राधिकरण ब्याक हुन बाध्य भएको छ ।

प्रकाशित मिति:     ११ मंसिर २०८१, मंगलवार  |    Himali Khabar