माछापुच्छ्रे क्यापिटलद्वारा नवलपरासीको श्री आदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री प्रदान

माछापुच्छ्रे क्यापिटलद्वारा नवलपरासीको श्री आदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री प्रदान

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले शुक्रबारका नवलपरासी रामग्राम ५, परासीस्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामाग्री प्रदान गरेको छ । कम्पनील्व आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्री प्रदान गरेको हो ।

क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारलगायत क्यापिटलका अन्य पदाधिकारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थी वर्गहरु तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरु उपस्थित थिए ।

धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीको रुपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडल,नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति:     १२ कार्तिक २०८१, सोमबार  |    Himali Khabar