काठमाडौंं । वरिष्ठ पर्यटन व्यवसायी एवं चितवनस्थित टेम्पल टाइगर र ग्रिन रिसोर्टका अध्यक्ष वसन्त मिश्रको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएक छ ।
मिश्रको पार्थिव शरीरलाइ श्रद्धाञ्जली दिन बिहान १० बजेदेखि १ बजेसम्म कुपण्डोल स्थित निवासमा राखिने छ । दिउँसो १ बजे पशुपतिनाथमा प्रस्थान गराइने जनाइएको छ ।
केही दिनअघि डेंगु लागेर अस्पताल भर्ना भएका पर्यटनका ‘पायोनियर’ मिश्रलाई अकस्मात ब्रेनहेम्ब्रेज भएपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।